भटभटे माइलाको नयाँ टेली सिरियलमा रियाशा (भिडियो)


सेलिब्रेटी नेपाल। मेरी बास्सैका चर्चित कलाकार बेगम नेपाली (भटभटे माइला) ले नयाँ हाँस्य टेलिशृखला ‘गाह्रो छ हो मलाई’ निर्माण गरेका छन्। भटभटे माइलाको नामले परिचित कलाकार बेगमले आफ्नै युट्युब च्यानल ‘भटभटे-बिर्खे’ च्यानल मार्फत हाँस्य टेलिशृखला प्रसारण सुरु गरेका हुन् ।

समसामयिक विषयवस्तुमा आधारित हाँस्य टेलिशृखलाको निर्माण तथा निर्देशन भने नहकुल भट्टराईले गरेका छन्। ‘गाह्रो छ हो मलाई’ टेलिशृखला दुई भाग प्रशारणमा आइ सकेको छ । दिलिप बिस्टले छायाँकन गरेको शृंखलालाई रबिन्द्र खड्का (शिल्भर साइन) ले सम्पादन गरेका छन् । उक्त शृंखला प्रत्येक बुधबार यु ट्युब मार्फत सार्वजनिक हुने गरेको छ ।

उक्त हाँस्य शृखलामा राजकुमार देवकोटा, बेगम नेपाली, रियाशा दाहाल, मेलिना ठकुरी, बेगम पुन मगर, निर कुमार तामाङ, प्रशान्त भट्टराई, पुष्पराज दाहाल, कञ्चन दाईको अभिनय देख्न सकिन्छ।