ताराको ‘पराईको सिन्दुर’ सार्वजनिक (भिडियो)



सेलिब्रेटी नेपाल। गीतकार तारा अधिकारीको नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘पराईको सिन्दुर’ बोलको गीतमा नरेन्द्र प्यासीको स्वर तथा संगीत रहेको छ । सार्वजनिक गीतमा विछोड भएपछि हुने प्रेमलाई व्यक्त गरिएको छ । भिडियोमा जीवन भट्टराई र तारा अधिकारीको अभिनय रहेको छ । भिडियोमा ताराको विछोडमा जीवन तड्पिएको देखाइएको छ ।

शान थापाको निर्देशनमा बनेको भिडियोमा राजिव समर सहायक निर्देशकको रुपमा रहेका छन् । अर्जुन तिवारी र टिमले खिचेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । भिडियोमा सुप्रिम पराजुलीको कलर ग्रेडिङ रहेको छ । यस गीत गीतकार ताराकै युट्युब च्यानल ‘सुनौलो तारा’बाट सार्वजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.