दर्शकको मन जित्दै टेलिश्रृंखला ‘गोलमाल’



सेलिब्रेटी नेपाल। नेपाल टेलिभिजनबाट प्रत्येक सोमबार साँझ साढे सात बजे तथा भाइब्स क्रिएशनको आधिकारिक यूट्युब च्यानलबाट सोमबार राति नै अपलोड हुँदै आएको हास्य श्रृंखला ‘गोलमाल’ ले दर्शकको मन जितिरहेको छ । परशुराम रिजालद्वारा निर्माण तथा निर्देशन गरिएको यो श्रृंखलामा प्रायः सबै चरित्रहरुले दर्शकको मन जितेका छन् ।

रमाइलो प्रस्तुतीसहित दर्शकलाई मनोरञ्जन दिइरहेको यो श्रृंखलाको हिजो सोमबार १ सय ८ औं श्रृंखला प्रसारण भएको छ । यो श्रृंखलामा शिवहरी आचार्य (भारद्वज), सन्तोष खनाल (फूर्के), योगज्योती कृयाशिल (झ्यामपुतली), पवन खतिवडा (म्याकुरी), एलिस राई (प्रयाङ्कस्टार), नमस्ते दिवाकर घिमिरे (दले दाइ), श्रीना नेपाल (गुड्डू), संगम राई (लभ्ली), जय लामा (भन्दे) आदि कलाकारहरुले अभिनय गरिरहेका छन् । सन्तोष खनाल श्रृंखलाका लेखक हुन् ।

भाइब्स क्रिएशनको ब्यानरमा निर्माण भएको यो श्रृंखलामार्फत म्याकूरी, प्रयाङ्कस्टार एलिस राई आदिले दर्शकहरुलाई आकर्षित गरिरहेका छन् । दिलिप विष्टद्वारा छायांकन गरिएको यो श्रृंखलालाई रविन्द्र खड्काले सम्पादन गरिरहेका छन् । श्रृंखलाको शीर्षक गीतमा गायक राजेशपायल राईको स्वर छ, जसलाई बिनय कार्की क्षेत्रीले संगीतबद्ध गरेका हुन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.