समय सान्दर्भिक तीज गीत ‘दिदिभाइ’ सार्वजनिक (भिडियो)



सेलिब्रेटी नेपाल। कोरोना कहरका बीच तीज नजिकदै गर्दा तीज गीत सार्वजनिक हुने क्रम जारी छ। राधिका हमाल र राजेन्द्र कडेलको आवाजमा रहेको तीज गीत ‘दिदिभाइ’ सार्वजनिक गरिएको छ। निर्मला सुवेदीको शब्द रहेको गीतमा राजेश बर्देवाको संगीत रहेको छ भने ओबि रायमाझी र शोभा त्रिपाठिले अभिनय गरेका छन्।

गीतमा परदेशबाट स्वदेश आएको भाइ क्वारेन्टाइनमा बस्नु परेको र तीजमा आफ्नो दिदिबहिनी अर्थात चेलिबेटी लिन जान नपाएको र उता माइतिको बाटो हेरेर बसेकी चेलिको ब्यथा कथा समावेश छ। यसपाली माइत आउन नपाएनी भाइको क्वारेन्टाइन बसाइ लाई थप उर्जा र हौसल्ला दिने काम चेलिले गर्छिन भने भाइले पनि दिदिको मन लाई दुखी नबनाउन अनुरोध गर्दछन। सार्वजनिक भिडियोमा बिक्रम चौहानले निर्देशन, प्रकाश खड्काको छायांकन र मिलन बिश्वकर्माको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.