भिखारीको ‘काजल’मा मरिश्का र समिर (भिडियो)



सेलिब्रेटी नेपाल। गीतकार अर्जुनरत्न भिखारीद्वारा रचना गरिएको सुगम संगीतमा आधारित नयाँ गीत ‘काजल…’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
सुनिल मास्केद्वारा संगीतबद्ध उक्त गीतमा सुरेश लामाको स्वर सुन्न सकिन्छ । शुक्रवार ओएसआर डिजिटलबाट सार्वजनिक भएको उक्त भिडियोले कम समयमै दर्शकको मन जितेको ।

सार्वजनिक गीतमा सञ्जीव बराइलीले संगीत संयोजन गरेका छन् । ए वान म्युजिसियनका किशोर थापाले गीतलाई मिक्स तथा मास्टर गरेका हुन् । युवराज वाइवाद्वारा निर्देशित उक्त गीतको भिडियोमा अभिनेत्री मरिष्का पोखरेल तथा मोडल समिर खनालले अभिनय गरेका छन् । लोमस पौडेलको सहायक निर्देशनको यो भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने विकास दाहाल यसका सम्पादक हुन् ।