सन्तोष र मिनाको ‘मायामा मालामाल’ (भिडियो)



सेलिब्रेटी नेपाल । सन्तोष श्रेष्ठ र मिना कार्कीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । ‘मायामा मालामाल’ बोलको गीतमा नवि अधिकारी(टकिन्द्र) को शब्द रचना रहेको गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ । सन्तोष राजबाहकको कोरियोग्राफी तथा निर्देशनमा बनेको भिडियोलाई उत्सव दाहालले छायाँकन र टेकेन्द्र शाहले सम्पादन गरेका छन्। भिडियोमा कमल सिंह र नग्मा श्रेष्ठ फिचर्ड छन् । भिडियो ओएसार डिजिटल सार्वजनिक गरिएको हो ।