नारायण थापाको ‘डबल पारेर’ सार्वजनिक (भिडियो)



सेलिब्रेटी नेपाल । नारायण थापाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । बाबुल गिरीको शब्द तथा संगीत रहेको छ । ‘डबल पारेर’ बोलको गीत डान्सिङ्ग बिटमा तयार पारिएको छ । सन्तोष राज बाहकको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा कमल सिंह र एलिसा राई फिचर्ड छन् । ज्ञानेन्द्र शर्मा हुमागाईंले छायाँकन गरेको भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् । भिडियो आभूषण इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो।

नारायण थापाको स्वरमा यस भन्दा पहिले थुप्रै गीत सार्वजनिक भइसकेका छन् । मुना मदन,कुनै दिन त भेट होला,तिम्रो मुटु मेरो मुटु जस्ता गीतहरुलाइ दर्शक श्रोताले रुचाएका छन् ।