राजेश पायल र प्रविशाको ‘मलाइ आफ्नै सम्झिएर’ सार्वजनिक (भिडियो)



सेलिब्रेटी नेपाल । राजेश पायल राई र प्रविशा अधिकारीको स्वर रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा राम भट्टराईको शब्द तथा बसन्त सापकोटाको संगीत रहेको छ। युगल जोडीको वियोगको कथामा गीत ‘मलाइ आफ्नै सम्झिएर’ को भिडियो तयार भएको छ । भिडियोमा विनोद श्रेष्ठ र दीपशिखा फिचर्ड छन् । गीतको भिडियो बिक्रम कुमार श्रेष्ठले सम्पादन गरेका हुन् । छायांकन र निर्देशन भने भेषबन्धु ढकालले गरेका छन् । भिडियो बि एस नेपाल इन्टरटेन्टमेन्टको अफिसियल च्यानल बाट सार्वजनिक गरिएको छ ।