मिलन चाम्स नयाँ चलचित्रका लागि लोकेसन हन्टिङमा



सेलिब्रेटी नेपाल । यतिबेला बिश्व भर कोरोनाको त्रास फैलिएको छ। कोरोनाले सबै क्षेत्र प्रभावित बनेको छ । नेपाली चलचित्रको छायाँकन कहिलेबाट सुरु हुन्छ पक्का छैन । तर लकडाउन खुकुलो भएसँगै चलचित्रकर्मी फेरि तात्न थालेका छन् । निर्देशक मिलन चाम्स यतिबेला नयाँ चलचित्रको छायाँकनका लागि लोकेसन हन्टिङमा निस्किएका छन्। उनले लकडाउन खुलेसँगै नयाँ चलचित्रको छायांकन गर्नेगरी काम गरिरहेको बताए ।

उनी चलचित्रको लोकेसन हेर्नका लागि चितवन पुगेका छन् । चितवनमा लोकेसन पक्का गरेपछि आफू दमौली पुगेको उनले सुनाए । मिलनका अनुसार यो चलचित्रको छायांकन २० प्रतिशत नेपाल र बाँकी मलेसियामा हुनेछ । मिलनले चलचित्र ‘गोर्खा वारियर’ बनाउने तयारी गरे पनि अहिले तत्काल अर्को प्रोजेक्टमा काम गर्ने सुनाए । चलचित्रमा को को कलाकार रहने र चलचित्र कस्तो बिषयमा बन्ने भन्ने बारेमा उनले खुलाउन चाहेनन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.