मित्रको ‘परिस्थितिमा’ कोरोना पीडा (भिडियो)



सेलिब्रेटी नेपाल कोरोनाको कहर विश्वव्यापी व्याप्त छ । संक्रमित र मृतकको संख्या बढ्दो छ । सँगै कोरोनालाई हराएर स्वस्थ हुनेको संख्या पनि उल्लेख्य छ । तर पनि आम मानिसमा कोरोनाको डर कायमै छ । कोरोनाको कारण भन्दा पनि आफ्ना साथी छर छिमेकीहरुको सहयोग नहुँदा एक जना पात्रको निधन हुन्छ,मान्छेमा कोरोना भन्दा पनि धेरै डरले पिरलेको कथा समेटिएको छोटो चलचित्र ‘परिस्थिति’ सार्वजनिक गरिएको छ ।

चलचित्रमा अमृत ढुंगाना, सन्जोग रसाइली, आकांक्षा तामाङ, मनिष गौतम, आरसी रिमाल, बिनु गुरुङ र देवराज भण्डारीको अभिनय छ । चलचित्रमा एक पात्रले ‘साथीभाइ, आफन्त, इष्टमित्र सबै टाढा बनाइसक्यो यो कोरोनाले’ भन्ने संवाद निकै मर्मस्पर्शी छ ।

मित्र गुरुङको कथा, सम्पादन र निर्देशन रहेको चलचित्रमा विजय चौधरीको कला निर्देशन, रन्जित गुप्ता र देवेन्द्र मानन्धरको रचनात्मक सल्लाह, सागर श्रेष्ठको सहायक निर्देशन, साश्वत श्रेष्ठको पाश्र्व ध्वनि, राजकुमार श्रेष्ठको छायांकन, मनिष गौतमको लेखन तथा सबटाइटल, मनिष र मित्रकै पटकथा तथा संवाद छ । चलचित्रमा मनोज राजभण्डारी लाइन प्रोड्युसर छन् भने ज्ञान, धन र जिनियस गुरुङको निर्माण छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.