देशभक्तिले ओतप्रोत राष्ट्रिय गीत सार्वजनिक(भिडियो)



सेलिब्रेटी नेपाल । भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी कब्जा गरेको बेला देशभक्तिले ओतप्रोत राष्ट्रिय गीत ‘नझुकून् हाम्रा शीरहरू’ सार्वजनिक गरिएको छ । पूर्खाले आर्जेको भूमिको रक्षा गर्ने दायित्व हरेक नेपालीको काँधमा आएको सन्देश दिने गरी शुक्रवार म्युजिक भिडियो यु ट्युबमा सार्वजनिक गरिएको हो ।

उत्तम केसीको शब्द रचना रहेको गीतमा गायक विजय अधिकारी र मनिष राईको स्वर र संगीत विजय अधिकारीको रहेको छ । गीतमा रबिन्द्र खड्का, मोहन निरौला, लय संग्रौला, जितु नेपाल, गोपाल ढकाल, शुभेच्छा थापा, उत्तम केसी,आशा भुषाल लगायत कलाकारको अभिनय रहेको छ ।

राष्ट्रिय गीतको निर्देशन जीवन शाहीले गरेका छन् भने निर्माण साईराम पिक्चर्स प्रालिका प्रबन्ध निर्देशक शम्सेर श्रेष्ठले गरेका हुन् । राष्ट्रियताको विषयमा कोही पक्ष, विपक्ष, प्रतिपक्ष नहुने सन्देश दिन गीत निर्माण गरिएको निर्माता शम्सेर श्रेष्ठले बताए ।