‘मातृभूमी रोयको बेला म कसरी मौन बस्न सक्छु र ?’ निर्देशक बोहरा



सेलिब्रेटी नेपाल । १६ बर्षको उमेर देखि नै रंगमन्चमा पाईला टेकेर दर्जनौ नाटकहरु भिडियो चलचित्र टेलिचलचित्रहरु हुँदै २२ बर्षको उमेरमा ठुलो पर्दाको चलचित्र ‘अग्नि परिक्षा’ र त्यस्को लगत्तै अर्को चलचित्र ‘कान्छा’ लेखन एबम निर्देशन गरेपछि अध्ययनको सिलसिलामा अमेरिका गयर स्नातक तह सम्मको उच्च अध्ययन सम्पन्न गरेपछि फेरी आफ्नो मातृभूमी फर्की ‘मुटु’, ‘ठूली’, ‘भैरे’,. ‘हेल्लो जिन्दगी’ जस्ता चलचित्रहरुको सफल लेखन निर्माण एबम निर्देशन गरेका निर्देशक एभरेस्ट सूर्य बोहराको नाम नेपाली चलचित्र जगत र नेपाली कला साहित्य र सिनेमाका आम दर्शक श्रोताका लागि कुनै नौलो नाम होइन । उनी हिजो आज यो कोरोना महामारीका बेला लकडाउनका कारण भोकको चपेटामा परेकाहरुलाई आफ्नै ब्यक्तिगत साधन र स्रोत खर्च गर्दै सेवामा जुटेका छन् ।

अध्ययनको सिलसिलामा लामो समय अमेरिका बसेका निर्देशक बोहरा ‘अमेरिकी ग्रीन कार्ड ‘ होल्डर पनि हुन ; चाहेका भए निश्चित रुपमा उनी यो लकडाउन सुरुहुनु अघि वा बिचमा पनि नेपाल छोडी अमेरिका हानिन सक्थे होलान सायद तर उनले त्यस्तो गर्न उचित ठानेनन् । जन्मभुमी वा आफ्नी आमा पिडामा हुँदा र अप्ठ्यारोमा परेको बेला आमालाई छोडेर सन्तानले कतै हिंड्नु त्यो सन्तानको कायरता र नालायकीपन हुनेछ भन्ने उनले ठहर गरे र बरु जसरी हुन्न्छ यस्तो संगिन घडीमा जन्मभुमीको सेवामा लाग्ने हिम्मत गर्दै उनी अघि बढे र उनको प्रयास आज लकडाउनको यो दिनसम्म पनि उतिक्कै सक्रियता साथ लागिपरेको देखिन्छ ।

बोहराले आफ्नो पेशा र पदलाई थपक्क एउटा ठाउँमा राखेर काठमाडौं स्थित बिभिन्न युवा क्लबहरु सँग होस्टेमा हैंसे गर्दै मिलेर खाना पकाउदै भोका हरुलाई बाँढ्ने पुण्यकाम थाले । ३ सय देखि ४ सय सम्म लकडाउन कारण बिचल्लिमा परेका दीन दुखी हरुलाई खुवाउदै गर्दा उनी दिउँसो समय निकालेर चर्को घाम मा डिउटी गर्दै गरेका सुरक्षाकर्मीहरु लाई पानी र स्यानिटाइजर बाँढ्ने काम पनि गरी रहेका भेटिन्थे ।

अहिले पनि उनि रासनको भारी बोकेर आफै गरीब सुकुमबासी बस्तीहरुमा पुग्ने उनी चामलका बोरा दाल नुन तेल हरेक दिन काठमाडौं, भक्तपुर र ललितपुरका गल्ली गल्ली भित्र पुगेका हुन्छन । यो संकटको बेला बाचौँ र बचाउँ भन्ने मन्त्र लियर सेवामा लागिपरेका निर्देशक बोहराका न कुनै भेगको पर्बाह छ न कुनै जातपात छ । अप्ठ्यारोमा परेका जो कसैको पनि आँशु पुछ्न तयार हुनु पर्छ उनको भनाई छ l

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.