चलचित्र ‘साइनो’ युट्युबमा रिलिज (पुरा चलचित्र)



सेलिब्रेटी नेपाल । नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्दले निर्माण गरेको चलचित्र ‘साइनो’ युट्युबमा रिलिज गरिएको छ। लकडाउनका बेलामा दर्शककालागी मनोरञ्जन दिन चलचित्र युट्युबमा राखिएको निर्देशक रमेश थापाको भनाई छ। गत वर्ष हलमा रिलिज भएको चलचित्रले औसत ब्यापार गरेको थियो।

चन्द्र विनायक फिल्मस् प्रोडक्सनको ब्यानरमा रमेश थापाद्वारा निर्देशित चलचित्र ‘साइनो’मा राजकुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ लगायतका कलाकारको अभिनय छ। शरण थापा कार्यकारी निर्माता रहेको चलचित्रलाई अभिमन्यु निरबीले लेखेका हुन्। बोधी एचडी युट्युब च्यानलबाट चलचित्र रिलिज गरिएको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.