चलचित्र विकास बोर्ड अध्यक्ष दाहालद्धारा पदभार ग्रहण



सेलिब्रेटी नेपाल । चलचित्र विकास बोर्डमा नियुक्त भएका अध्यक्ष दयाराम दाहालले सोमवार पदभार ग्रहण गरेका छन् । गत बिहीवार मन्त्री परिषद्को बैठकबाट दाहाल अध्यक्ष पदमा नियुक्त भएका हुन् ।

०७६ मंसिर २९ तत्कालिन अध्यक्ष केशव भट्टराईको असमायिक निधन भएपछि रिक्त भएको बोर्ड अध्यक्षका लागि १० जनाको दरखास्त परेको थियो । १० जनाको दरखास्त पछि प्रक्रियागत रुपमा दाहाललाई मन्त्री परिषद्ले अध्यक्षमा नियुक्त गरेको हो। पदभार ग्रहण गर्दै नव नियुक्त अध्यक्ष दाहालले चलचित्र क्षेत्रमा देखिएको बेथितीलाई प्रथामिकता दिने बताएका छन् । सबैभन्दा पहिले कोरोना भाइरसले ठप्प बनाएको चलचित्र क्षेत्रलाई प्रभावकारी ढंगले क्रियाशिल बनाउनेतिर आफु केन्द्रित हुने उनले बताए ।

बक्स अफिसलाई सहि ढंगले कार्यन्वयन गर्नु, इण्डोर फिल्म स्टुडियोको निर्माण, श्रमजिवी फिल्मकर्मीका लागि सामाजिक सुरक्षा योजनालगायतका कार्यक्रमहरु पनि क्रमशः कार्यन्वयन गर्दै जाने अध्यक्ष दाहालले बताएका छन् ।

अध्यक्षको लागि दरखास्त दिदाँ मैले केही कार्य योजनाहरु पेश गरेको छु । त्यो कार्ययोजनालाई म चलचित्रसँग आवद्ध संघ संस्थाहरुको सल्लाह सुझाव तथा सहकार्यमा कार्यन्वयन गर्दै जानेछु, दाहालले थपे ।