केशबको ‘एक चिलिम मायामा’ बले र सायसा (भिडियो)



सेलिब्रेटी नेपाल । कोरना कहरबीच संगीत प्रेमीहरुलाई मनोरञ्जन दिने उदेश्यले गायक केशव भाबुकले नयाँ गीत ‘एक चिलिम’ सार्वजनिक गरेका छन् । झन्डै तिन महिना पुग्न लागेको पट्यारलाग्दो लकडाउनले धेरै मानिसहरु निराश, हताश भएको बेला गायक भावुकले गीतमा छोटो जिन्दगीमा चिन्ता, पीर नलिएर रमाइलो गरेर बिताउनुपर्ने सन्देश दिन खोजेका छन् ।

गीतमा स्वर, शब्द र संगीत गायक केशवकै रहेको छ, उनलाई स्वरमा बेनुका राईले साथ दिएकी छिन् । भिडियोमा हास्यकलाकार सागर लम्साल ‘बले’ र सायसाको रोमान्स देख्न सकिन्छ । डान्सिङ बिटको भिडियोमा सुमन तामाङको कोरियोग्राफी, रामकुमार केसीको छायाँकन र विज्ञान राईको सम्पादन तथा निर्देशन रहेको छ ।