चलचित्र बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त


 


सेलिब्रेटी नेपाल । चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त भएका छन् । बिहीवार मन्त्री परिषद्को बैठकबाट दाहाललाई अध्यक्ष पदमा नियुक्त भएका हुन् । ०७६ मंसिर २९ तत्कालिन अध्यक्ष केशव भट्टराईको असमायिक निधन भएपछि रिक्त भएको बोर्ड अध्यक्षको लागि १० जनाको दरखास्त परेको थियो ।

प्रक्रियागत रुपमा दाहाललाई मन्त्री परिषद्ले अध्यक्षमा नियुक्त गरेको हो । बोर्डको अध्यक्षमा नियुक्त भएका दाहालल भोली मंगलवारदेखी बोर्डमा हाजिर गर्नेछन् । भोलीदेखि नै अध्यक्षको पद सम्हाल्ने दयाराम दाहालले फिल्म क्षेत्रमा देखिएको बेथितीलाई प्रथामिकता दिने बताएका छन् ।

उनले सबैभन्दा पहिले कोरोना भाइरसले थप्प बनाएको चलचित्र क्षेत्रलाई प्रभावकारी ढंगले क्रियाशिल बनाउनेतिर बोर्ड केन्द्रित रहने बताएका छन् । आफुले विकास बोर्डको अध्यक्ष भएको खण्डमा के कस्ता कामहरुलाई तव्रिता दिने विषयमा पूर्ण कार्ययोजना नै मन्त्रालयमा पेश गरेका दाहालले कोरोना भाइरसको जोखिम सकिए लगतै बृहत अन्र्तक्रिया गरि कार्ययोजना सार्वजनिक गरिने पनि बताएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.