लक डाउनकै समयमा जमुना र लेखनाथको ‘सपनी’ सार्वजनिक (भिडियो)



सेलिब्रेटी नेपाल । लक डाउनकै समयमा जमुना राना र लेखनाथ आचार्यको आवाजमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ । बाबुराम पन्थीको शब्द तथा जमुना रानाको संगीत रहेको ‘सपनी’ बोलको गीत यु ट्युब मार्फत सार्बजनिक गरिएको हो । हुम गैरेको निर्देशनमा बनेको भिडियोलाई रबिन्द्र खड्काले छायांकन र हुम गैरेले सम्पादन गरेका छन् । सार्वजनिक भिडियोमा दिपासा बिसी र सागर सिलवाल फिचर्ड छन् । भिडियो सुजन म्युजिकको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।