सहज रहेन जयनन्द चन्दको जीवन यात्रा


हिन्दि तथा पाकिस्तानी चलचित्र हुँदै नेपाली चलचित्र यात्रामा बासस्थानका लागि आफ्नै घरसमेत थिएन

अनिसा निरौला
सेलिब्रेटी नेपाल । अभिनेता जयनन्द चन्द ठकुरीको ९१ बर्षको उमेरमा निधन भएको छ । चलचित्र ‘जीवनरेखा’बाट आफ्नो चलचित्र यात्रा सुरु गरेका उनको आईतवार बिहान मृत्‍यु भएको हो । ९ बर्ष अगाडि चलचित्र ‘भागी भागी नजाऊ’ को छायांकनकै क्रममा सामान्य चोट पुगेको थियो, पछी पक्षघात भई शारिरिकरुपमै हिडडुल गर्न नसक्ने अवस्थामा पुगेका थिए । सामान्यरुपमा हिडडुल समेत गर्न नसक्ने मल्लको पछील्लो केही बर्ष देखी बोली पनि स्पस्ट थिएन । जीवनको उत्तरार्धसङै उनी बिस्तारै बिस्तारै पुराना कुराहरु भुल्दै गईरहेका थिए । आफ्ना सहकर्मी , साथीभाई सबै जसोलाई उनले भुलिसकेका थिए । मल्लले झन्डै १०० वटा चलचित्रमा काम गरेका थिए ।

उनका श्रीमती र छोरी ज्वाँई छन । भारतीय सेनाको रुपमा पनि काम गरेका मल्लको रुची चलचित्र बाहेक अन्त कतै भएन । त्यसो त उनी जवान हुँदा फूटबल पनि खेल्थे , उनी जावलाखेल युवा क्लबमा पनि आवद्द थिए । तर पनि चलचित्रमा काम पाए अझै पनि गर्छु भनेर शाहस गर्ने मल्लले जीवनको अन्तिम पलसम्म पनि चलचित्रलाई माया मार्न भने सकेनन । कलाकारितामा नै जीवन ब्यतित गर्दागर्दै आफ्नो समयकाल कतिखेर सकियो भन्ने उनले पत्तै पाएनन । उनको जीवनमा चलचित्र बाहेक अन्य ब्यवसाय र पेसाले कहिले पनि स्थान पाउन सकेन ।

थुप्रै हिन्दी र पाकिस्तानी चलचित्रमा समेत अभिनय गरेका मल्ल नेपाली चलचित्रका सुरुवाती चरणका पहिलो पुस्ता थिए । मिथिला शर्मा , बसुन्धरा भुसाल मल्लका सहकर्मी थिए । कलाकार ठकुरीले एक्का ट्रायल, पर्खी बसे, दुई पल, अंगरक्षक, माया बैगुनी, चाँदनी, चोर, ज्वाला, देउकी, अधिकार लगायतका चलचित्रमा अभिनय गरेका छन् ।

कलाकारको जीवन सहज हुन्छ , कलाकारिताबाटै धेरै सम्पत्ती जोडीन्छ भन्नेहरुका लागि उनी अपबाद थिए । आफ्नो सम्पूर्ण जीवन चलचित्र क्षेत्रमा ब्यतित गरेका मल्लको बासस्थानका लागि आफ्नै घरसमेत थिएन । उनी छोरी ज्वाँई बसेको भाडाको घरमा उनिहरुसङै बस्थे । अभाबका थुप्रै चाङ थिए । केही रकमको जोहो गर्न सकेको भए ९ बर्ष देखी उनले जिउदै आएको केही कष्ठकर जीवनका घाऊहरुमा केही मल्हम लगाउन सकिन्थ्यो होला । जीवनका थुप्रै कालखन्डहरु उनले भुल्दै जाँदा उनलाई भुल्नेको संख्या पनि बड्दै गयो । केही चलचित्रकर्मीहरुको नजरमा परे पनि समयको बेगसङै उनिहरुले पनि मल्ललाई बिर्सिदै गए । समय यस्तो पनि आयो कि बर्तमान पुस्ताले पनि उनलाई खोज्ने चासो नै देखाएनन ,न कुनै पत्रकार नै उनको सामु प्रश्न बोकेर गए नत उनका अन्य सहकर्मीले नै उनको खोजी गरे ।