विदेशमा बसेका नेपालीहरुको वास्तविक कथा ‘लक डाउन’ (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ । सारा विश्व यतिबेला कोभिड १९ का कारण सन्त्रस्त छ। हामी नेपालीहरु पनि पशुपतिनाथको भरोसामा स्व अस्तित्वको लडाईंमा छौं । सरकारले लक डाउन गरेर घरमै सुरक्षित बस्न सबैलाई अपिल गरेको छ। यसको सिधा मार काम गरिखाने बर्गलाई परेको छ। दिनभर काम गरेर साँझ बिहानको गर्जो टार्ने मजदुर ज्यामी किसानलाई अहिले दैनिकी चलाऊनै हम्मे हम्मे परेको छ।

लक डाउनको समस्या समेटेर छोटो चलचित्र लक डाउन सार्वजनिक गरिएको छ। गिरिश भण्डारीको निर्देशन रहेको छोटो चलचित्रले विदेशमा बसेका नेपालीहरुको वास्तविक कथा बोल्छ। आरति अधिकारीको कथा रहेको सार्वजनिक छोटो चलचित्रमा स्क्रिन प्ले र सम्पादन राजु अधिकारीको रहेको छ। यल्ला ब्रदर्सको छायांकन रहेको चलचित्रमा बिनोद पाण्डे,जीवन पाण्डे,बिष्णु थापा,बरुण सेन्चुरी र राम नाथ पाण्डेको अभिनय रहेको छ ।