राष्ट्रभक्ति गीत ‘सिमाना’ (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:नेपाल सरकारले लिपुलेख, लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गरेपछी सबै तिरबाट विभिन्न खाले प्रतिक्रियाहरु आई रहेको छ ।भारतमा रहेकी नेपाली अभिनेत्री मनिषा कोईरालाको ट्विट पछि उनी माथी खनिएका भारतिय मिडियाको बिरोधमा र आफ्नो मातृभुमी को पक्षमा नेपाली कलाकारहरु पनि कडा रुपमा प्रस्तुत हुँदै आई रहेको छन् ।

यहि प्रतिक्रियालाई एउटा फरक ढंगबाट प्रस्तुत गर्ने जमर्को गरेको छ। चलचित्रकर्मी महासंघ प्रदेश न १ का निर्देशक तथा कलाकारहरुबाट । जाई कहिले लाग्दैन, आए बाकी राख्दैन,नत कहिले हेपिन्छ, हेप्न पनि जान्दैन, सिंह जस्तै गर्जेर अघि बढछ नेपाली, अशिम एकता बनाई अघि बढछ नेपाली भन्ने बोलको गित को भिडियो मार्फत सांकेतिक रुपमा सिमा विवाद सम्बन्धी आफ्नो प्रतिक्रिया प्रस्तुत गरेको छ । टेक तामाङको शब्दमा सुमित खडका र प्रवलदिप बिश्वासको स्वर रहेको गितमा भुपेन्द्र रायमाझीको संगीत रहेको छ ।

लक डाउनको समयमा आ-आफ्नो ठाउमा नै बसेर छाँयाकन भएको यस गितमा अनलाईन मार्फत नै निर्देशन गरेका थिए महासंघका अध्यक्ष अरुण प्रधानले । गायक प्रवलदिप विस्वाशले सम्पादन रहेको यस गितमा कलाकार, खेलाडी , साहित्यकार, श्रस्टालाई सहभागी गराएर गित निर्माण गरिएको छ । भिडियोमा सहभागी कलाकारहरुमा प्रेम सुब्ब, धिरेन्द्र प्रेमर्षी, विक्रम श्री , रबिन्द्र झा, सुबाश थापा, सिताराम पोखरेल, सुरेन्द्र तामाङ , कृष्ण सिवाकोटि, प्रदिप दाहाल, भाईसन वर्देवा, दिनेश कोईराल, डा. बिनोद श्रेष्ठ , विजय सुब्बा, हिमाल दहाल, नविन मेन्याङ्वो, रमेश कटुवाल, अशेष तिमल्सिना , बिष्णु राजबंशि , अंकित राजबँशि , अंगद श्रीराम माझि, लव कुमार राजबंशि, जय नारायण राजबंशि लाई देख्न सकिन्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.