२५ बर्षको उमेरमा अभिनेत्री प्रेक्षाले गरिन् आत्महत्या


सेलिब्रेटी नेपाल

एजेन्सी:‘क्राइम पेट्रोल, लाल इश्क, मेरी दुर्गा’ जस्ता सिरियलमा काम गरिसकेकी कलाकार प्रेक्षा मेहत्ताले सोमबार आत्महत्या गरेकी छिन् । उनले, सोमबार बेलुकी आफ्नै घरमा आत्महत्या गरेकी हुन् । उनले सुसाइड नोट पनि लेखेकी छिन् । उनले, आफ्ना सपनाहरु टुटेपछि आत्मविश्वास पनि हराएको लेखेकी छिन् ।

२५ बर्षको उमेरमा आत्महत्या गरेकी प्रेक्षाले सुसाइट नोटमा लेखेकी छिन्–‘म मेरो मरिसकेका सपनाको साथमा बाँच्न सक्दिनँ । यस्तो नकारात्मक कुरालाई लिएर बाँच्न मुश्किल छ । बेलुकी १० बजे आफ्नो कोठामा पुगेपछि प्रेक्षाले सामाजिक संजाल इन्स्टाग्राममा ‘मानिसको सपना मर्न थाल्नु नै सबै भन्दा खराब समय हो’ भनेर लेखेकी थिइन् । मंगलबार बिहान पंखामा झुन्डिएको अवस्थामा उनको लास परिवारका सदस्यले देखेका थिए । प्रेक्षा मनोरञ्जनको दुनियाँमा पाइला राख्ने परिवारकै पहिलो सदस्य थिइन् । पछिल्लो एक बर्षदेखि काम नपाएका कारण प्रेक्षा डिप्रेशनमा पनि रहेको बताईएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.