समसामयिक गीत ‘देशै रोयो कोरोनाले’ सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ । सारा विश्व यतिबेला कोभिड १९ का कारण सन्त्रस्त छ । हामी नेपालीहरु पनि पशुपतिनाथको भरोसामा स्व अस्तित्वको लडाईंमा छौं । सरकारले लक डाउन गरेर घरमै सुरक्षित बस्न सबैलाई अपिल गरेको छ । यसको सिधा मार काम गरिखाने बर्गलाई परेको छ १ दिनभर काम गरेर साँझ बिहानको गर्जो टार्ने मजदुर ज्यामी किसानलाई अहिले दैनिकी चलाऊनै हम्मे हम्मे परेको छ ।

लक डाउनकै समयमा ‘देशै रोयो कोरोनाले’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा नेपालीलाई परि आएका समस्याहरुलाई समाबेश गर्न खोजिएको छ । सागर प्रधानको शब्द तथा संगीत रहेको गीतमा सरिता भारती,चेतन गोतामे,महेश बिक्रम र पुजा गुरुङको स्वर रहेको छ । महेश बिक्रम पाण्डेको संगीत संयोजन रहेको गीतलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् । भिडियोलाई राजेश कुमारले सम्पादन गरेका हुन् भिडियो टुएसआर नेपालको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.