सन्जीवको ‘छैन मलाई पीर’मा नाजिर र कुसुम (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौं । डान्सिङ नम्बरका गीत गाउन रुचाउने गायक सन्जीव पराजुलीको नयाँ गीत ‘छैन मलाई पीर’को भिडियो सार्वजनिक गरेका छन् । सार्वजनिक गीतमा दीपक शर्माको शब्द र संगीत छ । भिडियोमा कुसुम गुरुङ, नाजिर हुसेन, गायक सन्जीव पराजुली, सुनिता मगर, कोपिला बुढाथोकी र कपिल मगर फिचर्ड छन् । गीतमा मोहित मुनालको संगेते संयोजन रहेको छ ।

ग्रामीण परिवेशमा छायांकन गरिएको गीतको भिडियोमा सन्जीव र नाजिरलाई दाजुभाईका रुपमा देखाइएको छ । एलिन श्रेष्ठ निर्देशित भिडियोमा प्रशान्त तामाङको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन र लोकेश बज्राचार्यको कलर करेक्सन तथा सम्पादन छ । भिडियो गायक पराजुलीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.