स्थगित होला त ओस्कार अवार्ड ?


सेलिब्रेटी नेपाल

एजेन्सी :कोरोना भाइरसको असर हरेक क्षेत्रमा देखिन थालेको छ । यसको असर अहिले मनोरञ्जन जगतमा पनि देखिन थालेको छ । खबरहरुका अनुसार १९२९ देखि सुरु भएको ओस्कार अवार्ड सेरेमनी यो वर्ष स्थगित हुने सम्भावना छ ।

एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइसेजले फेब्रवरीमा हुने ९३ औं ओस्कार अवार्ड सेरेमनी स्थगित गर्नेबारे विचार गरिरहेको स्रोतहरुले बताएका छन् । आगामी ओस्कार अवार्ड सेरेमोनीको आयोजना २०२१ फेब्रवरी २८ मा गरिदैँछ । तर यसलाई स्थगित गर्न सकिने सम्भावना छ ।

यसअघि कोभिड-१९ को कारण अप्रिलमा ओस्कार योग्ताको लािग अस्थाई नियममा परिवर्तन गरिने घोषणा गरिएको थियो । त्यस समय एकेडेमीका अध्यक्ष डेबिड रुबिनले २०२१ मा ओस्कार टेलिकास्ट महामारीलाई मध्यनजर राख्दै बदल्न सकिने बताएका थिए र त्यो चाँढै नै थाहा हुने उनको भनाई थियो ।

आगामी परिदृश्यलाई हेरेर सेरेमोनी कुनरुपमा आयोजना गर्ने भन्ने बारेमा पनि निर्णय लिन सकिने उनले बताए । महामारीका कारण यो वर्ष फिल्महरु प्रदर्शन हुन सकेका छैनन् । ओस्कारमा हरेक वर्षको मार्च अप्रिलदेखि एन्ट्रीहरु पठाउन सुरु गरिन्छ । त्यसपछि नोभेम्बर डिसेम्बरसम्म नोमिनेसनका लागि शर्ट लिस्टिङ गर्न सुरु गरिन्छ । र, जुरीहरुले जनवरीमा भोटिङ सुरु गर्छन् ।