सञ्चारकर्मीको देशभक्ति गीत ‘इतिहास’ (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौं:विन्दास मिडिया नेटवर्कको प्रस्तुति एवम् निर्माणमा तयार भएको ‘इतिहास’ नामक राष्ट्रिय भाव बोकेको गीत सार्वजनिक गरिएको छ। सञ्चारकर्मी चिरञ्जीवी सापकोटा (जिबि चिरन), जिवेश गुरुङ र प्रवीण भट्टको स्वर रहेको छ। नेपाली वेब सिरिजका लोकप्रिय कलाकार जिवेश गुरुङले यस गीतको भिडियो निर्देशन गरेका छन्।

सन्चारकर्मी रविन्द्र सुवेदिको शब्द तथा चिरञ्जीवी सापकोटा(जिविचिरन)को सङ्गित्मा तयारगीतको संगीत संयोजन ओम सुनारले गरेका हुन ।
प्रवीण भट्टको सम्पादन रहेको गीतको छायांकन नवराज उप्रेतीले गरेका हुन् । टंक कार्की (छिमेकी) को संयोजनमा निर्माण भएको गीत ‘ए प्लस’ रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतमा चिरञ्जीवी सापकोटा (जिबि चिरन), जिवेश गुरुङ र प्रवीण भट्टको मुख्य भूमिका रहेको छ भने सहयोगी भूमिकामा दिपशन परियार र बिनय सापकोटा लाई देख्न सकिन्छ। सेमी र्‍याप शैलीमा तयार गरिएको यो गीतमा इतिहासको गाथा र नेपालीको वीरतालाई उजागर गरिएको छ ।

भारतले मिचेको नेपालको भूमि कालापानी, लिपुलेक जस्ता भूभाग फिर्ता गरिनुपर्छ भन्ने सन्देश गीतमार्फत् दिन खोजिएको छ । गीत आहा टिभीको अफीसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.