वर्षा राउत बोल्न नजान्दा आलोचित !


सेलिब्रेटी नेपाल

काठमाडौँ:कुनै पनि देशको नागरिक राष्ट्रियताको पक्षमा बोल्नुपर्दा अठोट र दृढ संकल्पका साथ राष्ट्रियतालाई शिरमा राखेर बोल्नु पर्ने हुन्छ । पछिल्लो समय भारतलाई आफ्नो कर्म क्षेत्र बनाईरहेकी मनिषा कोईरालाले पनि त्यहि गरिन् । भारतमै रहेर उनले नेपालको लिपुलेक र आफ्नो देशका पक्षमा खुलेर बोलिन् ।

यतिबेला अभिनेत्री बर्षा राउत ठिक उल्टो निस्किएकी छन् । अर्थात उनले आफ्नै देश नेपालको राष्ट्रियताको विपरित गएर बेतुकको अभिव्यक्ति दिएकी छन् । सेलिब्रेटी भईसकेका जिम्मेवार व्यक्ति वा कुनै पदमा रहेका व्यक्तिले राष्ट्रिययताको पक्षमा बोल्दा धेरै सोच बिचार गरेर बोल्नुपर्ने हुन्छ । उनको अभिव्यक्ति अनुसार उनलाई नेपालको माया होइन इन्डियन फ्रेण्डको माया बढि लागेको बुझ्न सकिन्छ । उनी खुलेआम भारत र ईण्डियन फ्रेण्डको पक्षमा उभिएकी छन् ।

उनले एक अन्तर्वातामा भनेकी छन्, भारतका मिडिया र नेपालका मिडियाले गर्दा भारतको फ्रेण्डसँग फेस गर्न गाह्रो भो । लिपुलेकको विषय त टेबल टक गरेर पो मिलाउने हो यसरी झगडा गरेर-गराएर हुन्छ ।

यति बेला दर्शकले लिपुलेक देऊ बरु बर्षा राउत लैजाऊ भन्न थालेका छन् । दे छोड् भन्न थालेका छन् । जुत्ताको माला लगाउन पर्छ भन्न थालेका छन् । के बर्षाले यस विषयमा पनि अभिव्यक्ति दिन सक्नेछिन् त ?