‘ओयजा’ को ट्रेलर सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:रेज इन्टरटेनमेन्टको प्रस्तुति छोटो हरर चलचित्र ‘ओयजा’ को ट्रेलर सार्वजनिक गरिएको छ । रोशन दाशको निर्देशन रहेको चलचित्रमा दासको साथमा रोशन श्रेष्ठ र अनिश पन्च ‘क्रिजोन’ को छायांकन रहेको छ । सम्पादन समेत दास कै रहेको छ भने सन्दिप कपालीले शृंगार गरेका छन् । चलचित्रको सबटाइटल राहुल शर्माले सम्हालेका छन्, भने स्क्रिन प्ले समेत दासको जिम्मेवारीमा छ।

अनिश, रोशन र सुनिल गजमेरको लगानी रहेको चलचित्रका क्रिएटिभ हेड अनिश नै रहेका छन् । चलचित्रमा बाल कलाकार गुनगुन दासको साथमा रोशन, अनिश, सुनिल, बिशाल केसी र कमला तामांङको अभिनय रहेको छ। चलचित्रमा विवेकको संगीत दासकै कथा रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.