अभिनेत्री मनिषाको पछाडी सम्पूर्ण भारतीय मिडिया


सेलिब्रेटी नेपाल

नेपाली चेली मनिषा कोइराला माथि यति बेला सम्पूर्ण भारतीय मिडिया खनिएका छन्। बलिउडकी सुपरस्टार मनिषा कोईरालाले भारतमा रहँदा पनि नेपालको असिम माया रहेको धारण व्यक्त गरेकी थिइन् । नेपालको मन्त्रीले गरेको ट्वीटमा आफ्नो रिट्वीट गर्दै उनले लिपुलेक नेपाल नै भएको धारण राखेकी थिइन् ।

उनको आफ्नो देशप्रतिको माया सहितको धारणा राख्दा उनीविरुद्ध भारतीय मिडिया खनिएका छन् । नेपालको नयाँ नक्साबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्विटमा टिप्पणी गरेका आधारमा भारतीय टिभी च्यानल एबीपी न्युज सहित अन्य सञ्चारमाध्यमले तुच्छ गालीगलौज समेत मनिषालाई गरेका छन्।

ज्ञवालीको सोही ट्विटमा प्रतिक्रिया लेख्दै मनिषाले सानो राष्ट्र भए पनि नेपालको यो प्रयास सकारात्मक भएको उल्लेख गरेकी थिइन् । उनले तीनवटै देश मिलेर अहिलेको समस्या समाधान गर्नुपर्ने जनाएकी थिइन्। अहिले मनिषाको त्यही स्टाटसलाई आधार बनाएर भारतीय मिडियाले ‘खाते भारतका और गाते चीनका’ भन्दै मनिषालाई तुच्छ गालीगलौज गरिरहेका छन् । भारतीय टिभी च्यानल एबीपी न्युज संगै सम्पूर्ण भारतीय मिडिया उनको पछि परेका छन् र कोइरालालाइ अति नै तुच्छ रुपमा गालि गरेका छन् ।

नेपाली चलचित्र फेरी भेटौला बाट मनिषाको अभिनय यात्रा सुरु भएको हो । उनले अभिनय गरेका हिन्दि चलचित्र तमिल,मन,दिल से,बम्बे,खामोसी,कम्पनि,अकेले हम अकेले तुम,अग्निसाक्षि लगाएतका रहेका छन्। उनको एउटा ट्विटले अहिले भारतमा हंगामा मच्चिएको छ । आफ्नो करिअरपछि नेपाल नै जन्मथलो भएको कारण मनिषा भारतसँग डराएकी छैनन् । संभवत नेपाल फर्किएपछि उनी नेपाली राजनीतिमा सक्रिय हुन सक्ने अनुमान गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.