नयाँ बर्ष संगै नेपथ्यको पोस्टर सार्बजनिक



(सेलिब्रेटी नेपाल)०७० बैशाख १ गते -नयाँ बर्षको शुभकाना सँगै चलचित्र ‘नेपथ्य’ले पोस्टर सहित आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ । ड्रिम वर्क फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्र जेठ २४ गते देखि देश भरका हलमा प्रदर्शनमा आउने बताईएको छ । आनन्द महर्जनले तयार पारेको फिल्मको प्रस्तुत पोस्टरमा मुख्य चार पात्र विल्सन विक्रम राई, आदित्य बुढाथोकी, मानव सुवेदी र रेम विकलाई हाईलाईट गरिएको छ ।
रामराजा दाहालले निर्देशन गरेको चलचित्र ‘नेपथ्य’ मा प्रत्येक मानिसको कुनै न कुनै सपना हुन्छ र सपना साकार गर्नका लागी मानिसले विभिन्न खालको संघर्ष गर्नुपर्छ भन्ने कुरा देखाउन खोजियाको छ । निर्देशक दाहालले चलचित्रमा नयाँ अनुहारलाई लिएर काम गरेका छन् । निर्देशक दाहालले यो चलचित्रलाई आफ्नो भबिस्यसंग जोडिएको चलचित्र भनेका छन् ।
नायिकाको रुपमा सोना तिमिल्सिनाले अभिनय गरेको यस चलचित्रमा शुष्मा कार्कीलाई आईटम गर्लको रूपमा देख्न सकिनेछ ।सुवाससिंह बस्न्यातको लेखन रहेको चलचित्रमा संगीत मानव सुवेदीले दिएका छन् भने छायाँकन सुसन प्रजापतिले गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.