मकवानपुर शाखाले वितरण गर्ने राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७ घोषणा


सेलिब्रेटी नेपाल

काठमाडाैं:चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले जेठ ७ गते मनाईने चलचित्र पत्रकारिता दिवसको अवसरमा ३ जनालाई सम्मान गर्ने भएको छ । आज बसेको संघको बैठकले दिवसको अवसरमा प्रदान गर्दै आएको चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट मकवानपुरबाट गोरखापत्रमा कार्यरत पत्रकार राममणी दाहाल,राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट चलचित्र पत्रकार संघ नेपालका पुर्व अध्यक्ष बिदुर गिरी र चलचित्र कलाकर्मी सम्मान २०७७ बाट मकवानपुरबाट कलाकारीतामा लागेका नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालाई सम्मानित गरिने भएको छ ।

हाल कोरोना भाईरसको महामारीको कारण यो वर्ष प्रदान गरीने पुरस्कारलाई महामारीको स्थिती सामान्य भएपछि मात्रै प्रदान गरीने संघका अध्यक्ष मणीराज गौतमले बताए । दाहाललाई नगद पाँच हजार सहित सम्मानपत्र,गिरीलाई नगद ११ हजार १ सय ११ रुपैयाँको रासी सहित सम्मानपत्र र लामालाई दोसाल्ला ओडाएर सम्मानपत्रले सम्मान गरीने भएको छ । सबै पुरुस्कार तथा सम्मानलाई कोरोना भाईरस सक्रमणको अबस्था सामान्य भएपछि मात्र भब्य कार्यक्रमको आयोजना गर्दै प्रदान गरीने अध्यक्ष गौतमले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.