कलाकारलाई मन्त्री मानन्धरको साथ


सेलिब्रेटी नेपाल

काठमाडाैं:लकडाउनका कारण समस्यामा परेका कलाकारहरु तथा चलचित्र क्षेत्रका प्राविधिकहरुलाई खाद्यान्न सहयोग गरिएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा शुक्रबार २७० जना कलाकारका लागि ६ हजार ७५० केजी चामल र ८२५ केजी दाल हस्तान्तरण गरिएको हो ।

२७० जना कलाकारहरुका लागि एक एक बोराका दरले चामल र तीन केजीका दरले दाल उपलब्ध गराईने चलचित्र निर्माता संघका अध्यक्ष तथा चलचित्र प्रवर्द्धन एवं समन्वय समितिका संयोजक आकास अधिकारीले जानकारी दिए । खाद्यान्न ग्रहण गर्दै संयोजक अधिकारीले चलचित्र क्षेत्रका कलाकारणहरुको मर्का बुझेर सरकारले आवश्यक सहयोग गरेको भन्दै खुसी व्यक्त गरे ।

निर्माता, निर्देशक तथा चल्तीका सफल कलाकारहरुका लागि समस्या नभएपनि नव कलाकारहरु तथा प्राविधिक लगायत निम्न आर्थिक अवस्थाका कलाकारहरुलाई लकडाउनका कारण ठुलो समस्या परेपछि आफुले मन्त्री मानन्धरमार्फत् पहल गरेको बताउँदै निर्देशक अधिकारीले समस्यामा परेका कलाकारहरुलाई तत्काल खाद्यान्न उपलब्ध गराइने बताए । विपद्का बेला चलचित्र क्षेत्रका श्रमजिवीहरुका लागि अति आवश्यक खाद्यान्न उपलब्ध गराईदिएकोमा चलचित्र उद्योग निकै खुसी भएको बताउँदै निर्माता अधिकारीले विपद्का बेला मन्त्रीको पहलमा भएको सहयोग आफुहरुका लागि अमुल्य सहयोग भएको बताए ।

आदिवासी जनजाति महासंघका ५०, नृत्य संघका ४०, निर्देशक समाजका तर्फबाट सहायक निर्देशकहरु २५ जनालाई एक एक बोरा चामल र तीन केजीका दरले दाल उपलब्ध गराईनेछ । यस्तै तेस्रोलिंगिको प्रतिनिधित्व गर्ने ब्लुडयमन्ड सोसाईटीका समाजका २५ जना, प्राविधिक संघका ३५, चलचित्र द्वन्द्व संघका २०, कलाकार संघका जुनियर कलाकारहरु २५ जना र संगीत उत्पादन संघका ५० गरि २७० जना कलाकारहरुलाई एक एक बोरा चामल र तान केजीका दरले दाल उपलब्ध गराईने छ ।

चलचित्रसँग सम्बन्धीत ८ वटा विभिन्न संघहरुले निर्माता संघमार्फत् समस्यामा परेका खाद्यान्न उपलब्ध गराउन सरकारसँग आग्रह गर्का थिए । मन्त्री मानन्धरले कलाकारको आग्रहपछि आवश्यक पहल गरी कलाकारहरुलाई खाद्यान्न उपलब्ध गराउन सहजिकरण गरेका थिए ।