संचारकर्मी तथा गीतकार नरेशको लक डाउन बिसेष कबिता (भिडियो)


सेलिब्रेटी नेपाल

सारा विश्व यतिबेला कोभिड १९ का कारण त्राषमा छ। हामी नेपालीहरु पनि पशुपतिनाथको भरोसामा स्व-अस्तित्वको लडाईंमा छौं । सरकारले लक डाउन गरेर घरमै सुरक्षित बस्न सबैलाई अपिल गरेको छ । लक डाउनको सदुपयोग गर्दै धेरै लेखक कबिहरुले कलम चलाउदै आफ्ना सृजनाहरु गर्ने कार्य गरि रहेका छन् । बिगत दुइ दशक देखि संचारकर्म तथा गीत लेखनमा सक्रिय नरेश भट्टराई कबि पनि हुन् ।

संचार कर्मी गीतकार तथा कबि नरेश भट्टराईले लकडाउनको सदुपयोग गर्दै आफ्ना सृजनालाइ यु ट्युब मार्फत सार्वजनिक गर्ने कार्यको थालनी गरेका छन् नरेश भट्टराई नामको आफ्नै च्यानल मार्फत उनले कबिता बाचन गरेर सार्वजनिक गरेका छन् । कोरोना, लकडाउन अनि नरेश…शिर्षक दिएर यु ट्युबमा अपलोड गरेको कबितामा लक डाउनले प्रेमिका भेट्न न पाएको पिडा व्यक्त गरिएको छ । कबि भट्टराईले लामो समय देखि विदेश रहेर आफ्नो देश फर्कने र आफ्नी मायालु अनि परिवार संग भेट्ने चाहनामा रहेका प्रेमी बीच कोरोना बाधक बनेको कुरा कबितामा प्रस्ट्याउन खोजेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.