श्रमिकहरुको पीडा ‘मे वान’ सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ :श्रमिकको पीडा बोकेको लघु चलचित्र ‘मे वान’ मे दिवसका अवसर पारेर शुक्रबार सार्वजनिक गरिएको छ । श्रमिकहरुको हक अधिकार सुनिश्चित होस् अनि श्रमको कदर होस् भन्ने सन्देश दिइएको लघु चलचित्रमा कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले लागू गरेको लकडाउनका समयमा सबैभन्दा बढी मारमा परेका श्रमिकहरुको कथा समावेश छ । साथै मजदुरको पीडा उठाउने सञ्चारकर्मी नै पीडामा रहेको चलचित्रले देखाउँछ ।

पुरुषोत्तम बस्नेतको निर्देशन रहेको चलचित्रमा सञ्चारकर्मी दीपज्योति थापा, अनित जंग पाण्डे, बिराज दुलाल र भोला सुवेदीको अभिनय रहेको छ । चलचित्रको कास्टिङ डाइरेक्टर बसन्त अधिकारी हुन् । कपिल खड्का र भोला सुवेदीको छायांकन रहेको ‘मे वान’ मा अनिल कुमार महर्जनको सम्पादन रहेको छ । नेसन मिडिया ग्रुप प्रालिको निर्माण रहेको यो लघु चलचित्र नेसन टिभी नेपाल युट्युब च्यानलमा अपलोड गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.