इरफान खानको अन्त्येष्टि,अन्तिम संस्कारमा २० जना मात्रै उपस्थित


सेलिब्रेटी नेपाल

एजेन्सी:बलिउडका चर्चित अभिनेता इरफान खानको अन्त्येष्टि गरिएको छ। बुधबार बिहान निधन भएका इरफानको आज साँझ नै मुम्बईमा अन्त्येष्टि गरिएको हो । भारतिय मिडियाका अनुसार उनको अन्तिम संस्कारमा २० जना मात्रै उपस्थित रहेका थिए । इरफानको बुधबार बिहान उपचारको क्रममा निधन भएको थियो । लकडाउनको समयमा उनको निधन हुँदा दुरी कायम गरी अन्त्येष्टि गरिएको हो ।

जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटर हुँदै फिल्म क्षेत्रमा आएका थिए। इरफान अभिनित अन्तिम फिल्म अंग्रेजी मिडियम हो, जुन फिलम अघिल्लो महिना प्रदर्शनमा आएको थियो। सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित फिल्ममा काम गरेका खान निकै प्रिय थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.