बलिउड अभिनेता इरफान खानको निधन


सेलिब्रेटी नेपाल

एजेन्सी:बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ। उनको स्वास्थ्यमा गम्भीर समस्या आएपछि मंगलबार उनी मुम्बईस्थित कोकिलाबेन अस्पतालको आइसियुमा भर्ना भएका थिए। इरफान खान विगत दुई वर्षदेखि विरामी रहेका थिए। उनी एक वर्ष लन्डनमा बसेर क्यान्सरको उपचारसमेत गरेका थिए।

जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटर हुँदै फिल्म क्षेत्रमा आएका थिए। इरफान अभिनित अन्तिम फिल्म अंग्रेजी मिडियम हो, जुन फिलम अघिल्लो महिना प्रदर्शनमा आएको थियो। सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित फिल्ममा काम गरेका खान निकै प्रिय थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.