‘लभ डायरिज’ युट्युब ट्रेण्डिङको शिर्ष स्थानमा


सेलिब्रेटी नेपाल

काठमाडौँ:गत फागुनमा रिलिज भएको चलचित्र ‘लभ डायरिज’ युट्युबमा आइसकेको छ । हलमा रिलिज भएको २ महिना नबित्दै निर्माण पक्षले चलचित्रलाई युट्युबमा सार्वजनिक गरेका हुन् ।

चलचित्रका निर्देशक सौरभ चौधरी कोरोनाका कारण बाहिरी देशको शो रद्द भएपछि चलचित्रलाई युट्युबबाट नै रिलिज गरिदिएको बताउँछन् । हलबाट लगानी सुरक्षित गर्न नसकेको यस चलचित्रले युट्युबमा भने दर्शकको राम्रो साथ पाएको छ । रिलिज भएको दुई दिनमा नै यस चलचित्र युट्युब ट्रेण्डिङको शिर्ष स्थानमा उक्लिएको छ ।

दर्शकले निर्देशक सौरभ चौधरी र नव-नायिका रुविना थापाको प्रशंसा गरेका छन् । मुख्य अभिनेता सुशिल श्रेष्ठको लुक्स र अभिनयले पनि दर्शकको मन जितेको छ ।

विनोद सापकोटाले निर्माण गरेको यस चलचित्रमा शाहिल खान सहायक निर्देशकको रुपमा रहेका छन् । चलचित्रमा सुशिल र रुविनासँगै विश्वजित रिमालको पनि अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.