प्रसाईंको ‘यो जिन्दगी’ सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:लावोनी चक्रवर्ती प्रसाईंको स्वर रहेको गीत ‘यो जिन्दगी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा संचारकर्मी तेजेन्द्र काफ्लेको शब्द रहेको छ । लावोनी प्रमोदको संगीत तथा सचिन सिंहको संगीत संयोजन रहेको छ।

सार्वजनिक गीतमा यस्तो शब्द रहेको छ-
यो जिन्दगी अप्ठ्यारोमा
अप्ठ्यारोमै बित्ने हो कि,
नथामिदै आशुहरु
सास कतै टुट्ने हो कि ।।

हृदयमा घावैघाउ
मुटु भित्र चोटको भारी,
अभाव दुख्छ गरिवीमा
दुख्छ सपना सधै भरी,
यो जिन्दगी झिरै झिरमा
उनीएर दुख्ने हो कि,
नथामिदै आशुहरु
प्राण एक दिन छुट्ने हो कि ।।

बिहान रुन्छ छटपटीमा
दिन डुब्छ अँधेरोमा,
रातै भरी सपना झर्छ
आँखाबाट सिरानीमा,
जिन्दगीलाई बिना झरी
असिनाले चुट्ने हाे कि,
नथामिदै आशुहरु
सासले बाटो भुल्ने हो कि ।।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.