अभिनेता संजय खतिवडाको सकृयतामा कलाकार तथा प्राविधिकलाई सहयोग


सेलिब्रेटी नेपाल

काठमाडौँ:लामो समय देखि नेपाली कला क्षेत्रमा सक्रिय कलाकार संजय खतिवडाको सकृयतामा कलाकार तथा प्राविधिकहरुलाई सहयोग गरिएको छ।
विश्वमा देखिएको कोरना महामारीले निम्त्याएको मानवीय संकटबाट सुरक्षीत रहन देशमा भैरहेको लकडाउनको समस्याबाट सर्बसाधारण को दैनिकीमा परेको असरका कारण बिहान साॅझ छाक टार्ने समस्यालाइ महसुस गरि संकटमा रहेका देशको कला क्षेत्रमा योगदान गर्ने कलाकार तथा प्रावीधीक र उनिहरुको परिवार (४५ परिवार का १६० जना) लाइ केहीसमय सहज हुनेगरी उनिहरु बसेकै ठाउँ ललितपुर बालकुमारीमा नै गएर कलाकार संजय खतिवडा आबद्ध लायन्स क्लव अफ काठमाण्डौ न्यु वेभको तर्फबाट ८५ हजार बाराबरको दैनीक उपभोग्य सामाग्री हस्तान्तरण गरिएको छ ।

साथै यो विपतको समयमा दोलखा जिल्लाअस्पतालमा कार्यरत चिकित्सक हरूलाइ व्यक्तिगत सुरक्षा सामाग्री अभाब र अत्यन्त जोखीममा रहेकोले बरिस्ट कलाकार मदनदास श्रेष्ठको हातबाट आबस्यक पिपिइ लगायतका सामाग्री पनि हस्तान्तरण गरीएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.