कविताको शो ‘विस फर अ डे विथ डल्लु’ को पहिलो भाग सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:चलचित्र ‘बोबी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी कविता गुरुङले निर्माण तथा संचालन गरेको टेलिभिजन शो ‘विस फर अ डे विथ डल्लु’ को पहिलो भाग सार्वजनिक गरिएको छ । सामाजिक संजाल यु ट्युब मार्फत सार्वजनिक शोमा एकजना व्यक्तिको एक दिनको इच्छा, आकांक्षा, सपना र खुशीको कथा समेटिएको छ । डल्लु इन्टरटेन्टमेन्टले निर्माण गरेको शो लाई राम कुमार केसीले छायांकन र धुर्वराज पराजुली प्रज्वलितले सम्पादन गरेका छन् । कार्यक्रमको छायाँकन र पोस्ट प्रोडक्सन वेब टिभीमा गरिएको हो ।

अभिनेत्री कविता गुरुङको कन्सेप्ट र प्रस्तुतिकरण रहेको शो डल्लु इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ । उक्त शो को केहि दिन पहिले प्रेस भेटघाट गर्दै ट्रेलर सार्बजनिक गरिएको थियो । ट्रेलरलाइ दर्शकले राम्रो प्रतिक्रिया दिएका थिए । कार्यक्रमलाइ पनि दर्शकले माया गर्नेमा निर्माण टिम बिस्वस्त रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.