टिभी फिल्मीमा दैनिक चार नेपाली चलचित्र


सेलिब्रेटी नेपाल

काठमाडौँ:‘टिभी फिल्मी’ले अब दैनिक चार वटा नेपाली चलचित्र देखाउने भएको छ । ‘टिभी फिल्मी’ले १३ गते बिहिबारबाट दैनिक चार पटक फरक–फरक चलचित्र देखाउन थालेको स्टेशन म्यानेजर बिष्णु सुबेदीले जानकारी दिएका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउन भएकाले घरमै बसीरहेका आम नेपालीको मनोरञ्जनका लागि ‘टिभी फिल्मी’ले दैनिक चारवटा चलचित्र देखाउने निर्णय गरेको जनाइएको छ । सुबेदीका अनुसार हरेक दिन बिहान ६ः३० बजे, बिहान १० बजे, दिउसो १ः३० बजे र राती ८ बजे ‘टिभी फिल्मी’ले चलचित्र देखाउने छ ।

केही दिनमा लकडाउन खुले पनि २०७७ बैशाख १८ गते सम्म चलचित्र हलहरु बन्द रहने भएकोले दर्शकको मनोरञ्जन प्राप्तीको अधिकारको सम्मान गर्दै यस्तो निर्णय लिइएको समेत स्टेशन म्यानेजर सुबेदीले जनाएका छन् । साथै इन्टरनेटको खपत बढेकोले स्लो हुनुका साथै भिडियो स्ट्रीमिङ साइटहरुले भिडियो क्वालिटि समेत घटाइरहेको अवस्थामा चलचित्र हेर्ने दर्शकहरुका लागि टिभी फिल्मी उपयुक्त माध्यम हुने बिश्वास समेत सुबेदीले लिएका छन् । स्याटेलाइट प्रसारणमा रहेको देशको एकमात्र फिल्मी च्यानल ‘टिभी फिल्मी’ केही समयमै एचडी प्रसारणमा अपग्रेड हुँदैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.