सौगातको ‘पन्चेबाजा’ यु ट्युबमा सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: यति बेला कोरोना भाइरसका कारण देशमा लक् डाउन गरिएको छ । सबै मान्छेहरु घर भित्र नै बसी रहेका छन् । सम्पूर्ण कल कारखाना,स्कुल,अफिस,सिनेमा घरहरु बन्द छन् । यो समयमा घरमा बसेर चलचित्र हेरेर मनोरंजन लिउन भन्ने उदेश्यका साथ चलचित्र ‘पन्चेबाजा’ यु ट्युबमा सार्बजनिक गरिएको छ । राजेश शाहीको निर्माण रहेको चलचित्रलाइ घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । चलचित्र ‘पन्चेबाजा’ मा सौगात मल्ल, जस्मिन श्रेष्ठ, कर्मा, बुद्धि तामाङ, सृजना सुब्बा, प्रकाश घिमिरे, बिमला गिरी, देशभक्त खनाल, सविन बाँसतोला, प्रमिला तुलाचन, राजेश शाही, युवराज भण्डारी, तेज गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रले सौगात, जस्मिन र कर्माबीचको त्रिकोणात्मक प्रेमलाई देखाउनेछ। सारा गुरुङ सह निर्माता रहेको यो चलचित्रमा कालीप्रसाद बासकोटा र बिकाश चौधरीको संगीत, प्रदीप भारद्धाजको लेखन, हरि घले लामाको छायाँकन रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.