सौगात र पुजाको ‘पोई पर्‍यो काले’ यु ट्युबमा


सेलिब्रेटी नेपाल

काठमाडौँ:चलचित्र ‘पोई पर्यो काले’ यु ट्युबमा सार्बजनिक गरिएको छ । यति बेला कोरोना भाइरसका कारण देशमा लक डाउन गरिएको छ । सबै मान्छेहरु घर भित्र नै बसी रहेका छन् । सम्पूर्ण कल कारखाना,स्कुल,अफिस,सिनेमा घरहरु बन्दछन् । यो समयमा घरमा बसेर चलचित्र हेरेर मनोरंजन लिउन भन्ने उदेश्यका साथ चलचित्र यु ट्युबमा सार्बजनिक गरिएको हो । शिशिर राणाले निर्देशन गरेको चलचित्र दिपावलीको छेको पारेर कार्तिक ८ गतेबाट सिनेमा घरमा प्रदर्शनमा आएको थियो । रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा पूजा शर्मा,आकाश श्रेष्ठ, सौगात मल्ल,श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा दिपक मनाङ्गे र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् । शिव ढकालको छायांकन रहेको चलचित्रमा अर्जुन पोखरेल र पुरुषोत्तम न्यौपानेको संगीत, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.