मेलिना र बेदुको ‘डोली पियारी’ सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाण्डौ:गायिका मेलिना राई र गायक बेदु सारु मगरको स्वरमा रहेको नेपाली लोकपप गीत ‘डोली पियारी’को भिडियो सार्वजनिक गरिएको छ ।गीतमा बेदुको संगीत रहेको छ भने रमेश घिमिरेको शब्द रचना रहेको छ । सार्वजनिक गीतमा ‘आलुजस्तै मल्टीच्वाईस प्रेम’को आह्वान गरिएको छ ।

गीतको भिडियोलाई प्रिन्सपन कार्कीले निर्देशन गरेका छन् । भिडियोमा रमेश घिमिरे, दिना घिमिरे, सागर कार्की र बिपना थापा फिचर्ड छन् । नरेश ऐरले छायांकन गरेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन तथा कलर करेक्शन रहेको छ । भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.