सेलिब्रेटी नेपाल
काठमाडौँ: सुनिल सिंह ठकुरीको स्वरमा रहेको गीत ‘म मान्छे विन्दास…’ को भिडियो सार्वजनिक गरिएको छ । मिलन विष्टको शब्द, नवीन रावलको संगीत र र्याप तथा श्याम स्वेत रसाइलीको एरेञ्ज/मास्टरिङ रहेको छ ।
केशवराज भट्टराईको निर्देशनर कोरियोग्राफ रहेको गीतको भिडियोमा सुनिल सिंह ठकुरी र नम्रता सापकोटा फिचरिङ छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । बुद्ध थापाले छायाँकन गरेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।