गन्धर्बहरुले गाए काेराेना सम्बन्धि सचेतनामुलक गीत


सेलिब्रेटी नेपाल

काठमाडौँ:पछिल्लाे समय चिनबाट माहामारिकाे रुपमा फैलिएकाे काेराेना भाइरसकाे कारण नेपाल पनि उच्च जाेखिममा रहेकाे कुरा विश्व स्वास्थ्य सँगठनले बताएका छन र नेपालमा पनि त्रास फैलिरहेकाे छ । भने यसबाट सर्तकता अपनाउन नेपाल सरकारले देशका रहेका सिनेमा हल लगायत अन्य मान्छेकाे चाप बढि रहने हलहरु बैशाख १८ सम्मलाइ बन्द गराइ सकेकाे छ । त्यसैगरि एकै ठाउंमा २५ जनाभन्दा बढि भेला नहुन समेत निर्देशन दिएका छन । र यसै समयमा काेराेना भाइरसकाे बिषयलाइ समेटेर एक सन्देशमुलक गीतकाे भिडियाे सार्वजनिक गरिएकाे छ । सार्वजनिक लाैन आयो है के आयो बाेलकाे गितमा ध्रुब बिश्वकाे स्वर अम्बिका गुरुङकाे शब्द तथा दिपक शर्माकाे सँगित रहेकाे छ ।

काेराेना भाइरसकाे त्रासमा रहेकाे जन समुदायलाई सचेतना फैलाउने उदेश्यले तयार पारिएकाे यस गीतकाे भिडियाेमा राज खडका र सुरज अधिकारिले अभिनय गरेका छन । उनिहरु गन्धर्ब भेसमा गाउगाउमा पुगेर साराङ्गी रेटदै गीत गाइरहेकाे देख्न सकिन्छ । र यस भिडियाेलाइ बिजय लामाले खिचेका हुन भने बिष्णु खडकाले सम्पादन गरेका हुन । काभ्रेकाे भकुण्डेबेशिमा छायाँकन गरिएकाे भिडियाेलाइ कलाकार राज खडकाले नै निर्देशन गरेका हुन ।