प्रदिपको ‘प्रेमगीत ३’ प्रदर्शन स्थगित

सेलिब्रेटी नेपाल

काठमाडौं: विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको त्रासका कारण सरकारले बैशाख १८ गतेसम्म सम्पुर्ण सिनेमा हल बन्द गर्न दिएको निर्देशनको कारण चलचित्र ‘प्रेम गीत ३ ’को रिलिज पनि प्रभावित भएको छ ।

नयाँ वर्ष २०७७ को छेको पारेर २८ चैतमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको रिलिज स्थगित गरिएको हो । निर्माता सन्तोस सेनले चलचित्रको रिलिज स्थगित भएको जानकारी दिए ।

‘पोष्ट प्रोडक्सन कसरी सकाउने भन्ने हतारो थियो’ निर्माता सेनले भने ‘अव फुर्सदले काम गर्न पाइने भयो ।’ चलचित्रको केही सुटिङ पनि बाँकी रहेको बताएका सेनले यो फुर्सदमा सुटिङ पनि सकाउने सुनाए ।

दुई गीत र टिजर सार्वजनिक गरि सकेको चलचित्रमा शिव श्रेष्ठ, प्रदीप खड्का, क्रिस्टिना गुरुङ,मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, जीवन भट्टराईलगायतका कलाकारको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.