कविताको नयाँ टेलिभिजन शो ‘विस फर अ डे विथ डल्लु’ को ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:चलचित्र ‘बबी फेम्ड’ अभिनेत्री कविता गुरुङको नौलो र फरक किसिमको टेलिभिजन शो ‘विस फर अ डे विथ डल्लु’ को ट्रेलर सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँ दरवारमार्ग अवस्थित म्यागनम लन्ज वारमा पत्रकार भेटघाट गर्दै सार्वजनिक गरिएको हो । डल्लु इन्टरटेन्टमेन्टको प्रस्तुतिमा निर्माण गरिएको कार्यक्रमको ट्रेलरले एकजना व्यक्ति बिसेषको इच्छा, आकान्क्षा,सपना,अनि खुसी एक दिनको प्रस्तुति रहनेछ । वेब टिभीको स्टुडियोमा सम्पादन र छायांकन गरिएको कार्यक्रमलाई डम्बर राईले छायाँकन र धुर्वराज पराजुली प्रज्वलितले सम्पादन गरेका हुन् कविता गुरुङको कन्सेप्ट र प्रस्तुतिकरण रहेको छ ।

उक्त कार्यक्रममा बोल्दै लामो समय देखि नर्वे बस्दै आएकी गुरुङले भनिन ‘नर्वेमा मैले कमाएको पैसा र उमेशले कमाएको पैसाले महँगो जुत्ता र कपडा लगाउने या रमाइलो ठाउँमा घुम्ने घरमा पनि महँगो महँगो सामान खरिद गर्ने गर्दै गर्दा मलाई यस्तो फिल भयोकि मैले लगाउने एक जोर जुत्ता २०-३० हजारपर्छ तर त्यो रकमले चाहिं हाम्रो नेपालमा कोहि सामान्य परिवारलाई कति महिनाको खर्च चल्छ कति धेरै कुरा गर्न मिल्छ मलाई त्यो फिल लाग्यो त्यसले गर्दा हामीले कमाएको धेरै रकम राम्रो काम लगाउने सोचका साथ यो कार्यक्रम गर्ने सोच आएको बताइन्’।

पहिलो सिजनमा १० भागको कार्यक्रमको निर्माण गरिएको र पाक्षिक रुपमा रास्ट्रिय टेलिभिजन र डल्लु इन्टरटेन्टमेन्ट यु ट्यूब च्यानलबाट सार्बजनिक गरिने उक्त कार्यक्रममा जानकारी गराइयो । ट्रेलर सार्बजनिक कार्यक्रममा विकास बोर्डका पुर्व अध्यक्ष राजकुमार राई,निर्देशक समाजका महा सचिव जनकदिप पराजुलीको उपस्थिति रहेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.