शोभाको राष्ट्रिय गीत ‘नेपाललाई माया गरौं’ सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ:गीतकार शोभा केसीको राष्ट्रिय गीत ‘नेपाललाई माया गरौं…’ सार्वजनिक गरिएको छ । शनिबार राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच गीतको भिडियो सार्वजनिक गरिएको हो । विशिष्ट साहित्यकार भद्रा घलेको प्रमुख आतिथ्यतामा भएको गीत सार्वजनिक कार्यक्रममा गीतकार सङ्घका अध्यक्ष चुण्डामणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खडका, निर्देशक तथा कलाकार लय संग्रौला, मिलापका सम्पादक कृष्ण भुसाललगायतले गीत सार्वजनिक गरेका थिए ।

आनन्द कार्की र विमला राईको स्वर रहेको गीतको भिडियोलाई मन्जिल श्रेष्ठले निर्देशन गरेका छन् । गीतको भिडियोमा विभिन्न देश विदेशमा बस्ने वरिष्ठ कलाकारदेखि समाजमा योगदान पुर्याएका व्यक्तित्वहरुको अभिनय रहेको छ । स्रमाट थापाको सङ्गीत रहेको गीतमा श्याम रायमाझी र जयराम थापाको छायाँकन रहेको छ । गीतको भिडियोलाई विदेशका विभिन्न भाग र नेपालमा छायाँकन गरिएको छ ।

अतिथिहरुले राजनीतिले हामीलाई अलग थलग गर्न खोजे पनि यस्ता राष्ट्रिय गीतले हामी सबैलाई जोडने काम गर्ने भन्दै स्रष्टा शोभा केसीलाई बधाई तथा शुभकामना दिएका थिए । सो अवसरमा स्रष्टा शोभा केसी, साहित्यकार राधेश्याम लेकाली र गायक सीताराम पोखरेललाई मिलाप कभर हस्तान्तरण गरिएको थियो ।

चलचित्र पत्रकार सङ्घ उपाध्यक्ष गीता अधिकारीले सहजीकरण र मिलाप क्रियशनले आयोजना गरेको कार्यक्रममा स्रष्टा समाजका अध्यक्ष विधान आचार्य, वरिष्ठ कलाकार कृष्ण मल्ल, सर्मिला मल्ल, अनेसास नेपाल च्याप्टर उपाध्यक्ष गीता मैनाली, गायक आन्नद कार्की, सीताराम पोखरेल, गायिका विमला राई, कलाकार उत्तम केसी, चेत राजा सङ्गीतकार सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’, नरहरि प्रेमी, हेम प्रभास, सरोज प्याकुरेल, राम सिटौला, गायिका देवीका वन्दना, विमला राई, मेलमिलाप अभियन्ता केशवप्रसाद चौलागाईं, साहित्यकार खेमनाथ दाहाल, दामोदर न्यौपाने, लेखनाथ पोखरेललगायत सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.