परदेशका पीडा पोख्दै स्वरुपराज


सेलिब्रेटी नेपाल

काठमाडौँ:स्वरूपराज आचार्यको स्वरमा रहेको राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘मलाई परदेशी नभन’ को भिडियो म्युजिक डायरीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना निवासी डाक्टर चन्द्र गिरी र डाक्टर ऋषि बस्ताकोटीको संयुक्त शव्द रचनामा सुवास भुसालले सङ्गीत गरेको यस गीतको सङ्गीत संयोजन पुरूषोत्तम सुवेदीले गरेका हुन् । गीतको रेकर्डिङ काठमाण्डौस्थित ‘अकस्टिक नेपाल स्टुडियो’ मा गरिएको हो ।

देश विदेशबाट मायाप्रेमका गीतहरू त दिनदिनैजसो आइरहेका छन् l तर प्रवासी मनलाई समेट्ने गरी राष्ट्रिय भावका गीतहरू अलि कम नै बन्ने गरेको सन्दर्भमा प्रवासका भोगाई र अनुभूतिहरूले गर्दा नै आफूलाई यो गीत लेख्ने प्रेरणा मिलेको कुरा बताउँछन् गीतकार चन्द्र गिरी। अर्का गीतकार बस्ताकोटीका अनुसार बिभिन्न परिवन्धले गर्दा आफू जन्मेको भूगोलभन्दा पर रहेपनि छातीभरि देशको माया बोकी हिँड्ने लाखौँ प्रवासीहरुको मनको छट्पटी यो गीतमा व्यक्त गर्ने प्रयास गरिएको छ । यो गीत एकदमै फरक शैलीको भएको र बिदेशमा बस्ने नेपालीहरुको साझा भावना भएको कुरा समेत गीतकार बस्ताकोटीले बताएका छन् l गीतकार गिरी र बस्ताकोटीको संयुक्त रचनाको यो दोस्रो गीत हो। संयुक्त रचनाको पहिलो गीत ‘तिमी सुन न’ खेम विश्वकर्माको सङ्गीत र मेलिना राईको स्वरमा केही महिना अघि नै सार्वजनिक भईसकेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.