‘लप्पन छप्पन २’ को पहिलो गीत सार्वजनिक(भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:चलचित्र ‘लप्पन छप्पन २’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्बजनिक ‘झुसे बारुलो’ बोलको गीतमा मिस्टर आरजेको शब्द, संगीत तथा आर्जन पाण्डे र विद्या तिवारीको स्वर रहेको छ । गीतमा संगीतकार मिस्टर आजेले र्याप हानेका छन् ।

सार्वजनिक गीतमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, कविता नेपाली, मुकुन्द भट्ट, शक्ति श्रेष्ठ र सुपर गुरुङलगायतका मुख्य कलाकारलाई फिचर्ड गरिएको छ । लोक फ्वरमा तयार गरिएको गीतलाई दर्शक श्रोताले मन पराउनेमा निर्माण टिम आशाबादी रहेको छ ।

चलचित्रमा गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको पनि अभिनय छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रिजना सिना, रन्जीत ओन्तालगायतले अभिनयमा डेब्यु गर्दैछन् ।

चलचित्रको पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेको हो भने, पटकथामा अमित शर्माको पनि साथ छ । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रमा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट(एमआर आरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत छ ।

चलचित्र निर्माणमा गोल्डेन हिल्स पिक्चर्ससँग इपी एजुकेशन अस्ट्रेलिया, युएमआइ ग्रुप युरोप र एमएसी मिडियाले सहकार्य गरेका छन् । सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको सिनेमामा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र, सुदिपचन्द्र भक्रेल र सन्तोषचन्द्र भक्रेल निर्माताको रुपमा छन् ।

चलचित्रमा किङ योगी र दिलिप ओकेधाको कोरियोग्राफी छ । भने, हिमाल केसीसहित निर्देशक भट्टले एक्सन, निरज केसीले साउण्ड र मिलन श्रेष्ठले सम्पादनमा काम गरेका छन् । चलचित्रका सह-निर्मातामा रानु तिमिला, ताराचन्द शर्मा र सुरज केसी छन् । यस्तै अस्ट्रेलियाको लागि सबिन ज्ञवाली र नेपालको लागि समिर खरेल लाइन प्रोड्युसरमा छन् । चलचित्र बैशाख १२ गतेबाट प्रदर्शनमा आउनेछ ।